जनताको अगाडि झुट बोल्ने मोदी पहिलो प्रधानमन्त्री हुन्: प्रियंका गान्धी

जनताको अगाडि झुट बोल्ने मोदी पहिलो प्रधानमन्त्री हुन्: प्रियंका गान्धी

२०८१, बैशाख १६ आइतवार

  • 729
    SHARES

  • जनताको अगाडि झुट बोल्ने मोदी पहिलो प्रधानमन्त्री हुन्: प्रियंका गान्धी

    भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धीले आफ्नो राजनीतिक सभामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई फेरि निशाना बनाएकी छन्।

    गुजरातको वलसाडमा एक जनसभालाई सम्बोधन गर्दै उनले नरेन्द्र मोदी जनताको अगाडि झुट बोल्ने देशको पहिलो प्रधानमन्त्री भएको बताइन्।

    प्रियंका गान्धीले भनिन्, ‘म ढुक्कसँग भन्न सक्छु कि यो देशको पहिलो प्रधानमन्त्री हुनेछन् जसले तपाईंसँग यसरी झुट बोल्छन्, जसको मनमा यो भावना पनि छैन कि म जनताको अगाडि बोल्दैछु।’

    उनले प्रधानमन्त्री नरेन्द्र मोदी जनताको वास्ता नगर्ने र जनताप्रति सम्मान नगरी बोल्ने आरोप लगाइन्।

    उनले आफ्नो सम्बोधनमा अब प्रधानमन्त्री मञ्चमा आउँदा जनताले उनलाई माफी माग्न लगाउनुपर्ने बताइन्।

    प्रियंका गान्धीले महाराष्ट्रको लातूरमा भएको जनसभालाई पनि सम्बोधन गरेकी थिइन्।

    प्रियंका गान्धीले मोदीले विगत १० वर्षमा केही पनि नगरेको बताइन्। साथै उनले मोदीले सत्ता पाएपछि अहंकारी भएको र जनताको वास्ता नभएको पनि आरोप लगाइन्। -एजेन्सी । 

    २०८१, बैशाख १६ आइतवार०७:४७:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार