नेकपा एमाले गोकर्णेश्वर नगर अध्यक्षमा उद्धव विष्ट निर्वाचित

नेकपा एमाले गोकर्णेश्वर नगर अध्यक्षमा उद्धव विष्ट निर्वाचित

२०८१, बैशाख १८ मंगलवार

  • 1.2K
    SHARES

  • नेकपा एमाले गोकर्णेश्वर नगर अध्यक्षमा उद्धव विष्ट निर्वाचित

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गोकर्णेश्वर नगरपालिका अध्यक्षमा उद्धव विष्ट निर्वाचित भएका छन् ।

    गत शुक्रवार र शनिवार गरि दुई दिन चलेको नगरको दोश्रो अधिवेशनले बिष्टको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी निर्माण गरेको हो ।

    त्यस्तै, उपाध्यक्षमा द्वारिका श्रेष्ठ, सचिवमा भानु पौडेल र उपसचिवद्धयमा कल्पना राजचल र बालकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । अधिवेशनले ५ सदस्यीय लेखा कमिटी समेत निर्वाचित गरेको छ ।

    काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा पर्ने गोकर्णेश्वर एमालेको आधार इलाकाको रुपमा रहेकोछ । यद्यपि पार्टी विभाजनताका ठूलो हिस्सा नेकपा एकिकृत समाजवादी तिर लाग्दा पनि मेयरका उमेदवार पराजित हुँदा उपमेयर सान्नानी लामा सहित बहुमत वडाध्यक्ष निर्वाचित हुन सफल भएका थिए भने संघीय निर्वाचनमा हार बेहोरको थियो ।

    33.jpg

    पार्टी जिवनमा सांगठनिक अराजकता र आन्तरिक व्यवस्थापनमा पार्टी चुक्नाले नगर प्रमूख र संघीय निर्वाचनमा हार बेहोर्नु परेको अधिवेशन प्रतिनिधिले बताएका छन् ।

    कार्यकर्ता र स्थानिय समुदायबिच तत्कालिन नगर प्रमूखका उमेदवार नवनिर्वाचित पार्टी अध्यक्ष विष्ट लोकप्रिय रहेपनि अनुशासनको घेरा तोड्नेहरुले पार्टी हराउन पुगे, जसको परिणाम संघमा पनि हार्न पुगियो अर्का प्रतिनिधिले नाम नछाप्ने सर्तमा बताए ।

    विगतका तिता, अप्रिय र असहज अवस्थालाई भुलेर सबै नेता कार्यकर्तालाई एक ढिक्का बनाई जनताको लोकप्रिय पार्टी बनाउने कुरामा आफ्नो कुनै कमजोरी र कन्जुस्याईँ नरहने अध्यक्ष विष्टले प्रतिवद्धताका क्रममा बताए । 

    44.jpg

    २०८१, बैशाख १८ मंगलवार११:२४:१०
    प्रतिक्रिया
    सम्बन्धित समाचार