संसदको बजेट अधिवेशन वैशाख २५ गते बाट शुरु हुँदै

संसदको बजेट अधिवेशन वैशाख २५ गते बाट शुरु हुँदै

२०८१, बैशाख २० बिहिवार

  • 581
    SHARES

  • संसदको बजेट अधिवेशन वैशाख २५ गते बाट शुरु हुँदै

    काठमाडौँ । सरकारले संघीय संसदको बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ। सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संसदको आगामी बजेट अधिवेशन वैशाख २५ अथवा २६ गते बोलाउने तयारी गरिएको जानकारी दिएका हुन्। उनले आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरुलाई छिट्टै टुंग्याएर संसदमा लैजाने तयारी भइरहेको बताए।

    त्यस्तै संविधान र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा थुप्रै ऐनहरु संशोधन गर्नु आवश्यक रहेको भन्दै ऐन संशोधन गर्नेगरी अगाडी बढिने पनि उनको भनाइ छ। उनले बजेट अधिवेशन भएपनि धेरैभन्दा धेरै विधेयक पारित हुने विश्वास व्यक्त गरे। मन्त्री गिरीले सहकारी समस्या समाधानका लागि अध्यादेश ल्याउन सकिने पनि जानकारी गराए।  यद्यपी छिटो पारित गर्नेगरी संसदमा विधेयक नै आउनसक्ने पनि उनले बताए।

    उनले भने,‘संसदको अधिवेशन सम्भवतः२५ वा २६ गते शुरु होला। लगानी सम्मेलनलाई अनुकुल किसिमको प्रभाव पार्ने हिसावले लगानीका निम्ति सबैलाई उत्साहित हुने वातावरण निर्माण गर्नका निम्ति सरकारले जुन अध्यादेश ल्यायो त्यो आफैँमा निकै राम्रो काम थियो। लगानी सम्मेलनमा सहभागि भएका सबैबाट पनि त्यो कुरा आएको छ। संसद नचलेको बेलामा अध्यादेशमार्फत पनि लगानी सम्मेलनलाई अनुकुल प्रभाव परोस्। लगानीका निम्ति तयार रहेका सबै मान्छेलाई उत्साह प्रदान गर्न सकोस् भन्ने हिसावले अध्यादेश ल्यायौँ। जहाँसम्म निकै राम्रो भयो भन्ने लागिराखेको छ। आउँदो अधिवेशनको सन्दर्भमा पनि समितिमा छलफलमा भएका धेरै विधेयकहरु छन्।’

    उनले थपे,‘ति विधेयकहरु समितिमा छिटोभन्दा छिटो टुंग्याउने र संसदमा लगेर यसलाई कानुनको रुपमा अगाडी बढाउनेगरी काम अगाडी बढ्दैछ। मलाई लाग्छ आउने अधिवेशन विधेयकहरुलाई संसदबाट पारित गर्ने काममा उल्लेखनीय प्रगति हासिल गर्छौ भन्ने लाग्छ। संविधान, संघीयतालाई कार्यान्वयन गर्नका निम्ति थुप्रै ऐनहरुमा संशोधन आवश्यक छ। त्यसको निम्ति पनि धेरै विधेयकहरु संसदमा पेश हुने अवस्था रहन्छ। ति विधेयकहरुमाथि पनि छलफल गर्दै हामी अगाडी बढ्छौँ। आउँदो अधिवेशन बजेट अधिवेशन भएपनि विधेयकहरु पारित गर्दै जाने सन्दर्भमा पनि त्यो अधिवेशन निकै महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ।’

    २०८१, बैशाख २० बिहिवार०७:४२:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार