अत्यधिक गर्मीका कारण बुटवलका विद्यालय दुई दिन बन्द

अत्यधिक गर्मीका कारण बुटवलका विद्यालय दुई दिन बन्द

२०८१, बैशाख २० बिहिवार

  • 793
    SHARES

  • अत्यधिक गर्मीका कारण बुटवलका विद्यालय दुई दिन बन्द

    काठमाडौँ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।

    वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो । 

    गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन बिदा दिन निर्णय भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विज्ञप्तिमार्फत जनाएका छन् । 

    २०८१, बैशाख २० बिहिवार०७:५४:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार