काठमाडौँ । सरकारले नेपालमा हाल चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) राखेर नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
यस भन्दा पहिला पुरानो नक्सा भएको नोट रहेको थियो।