एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ : नेता डा कोइराला

एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ : नेता डा कोइराला

२०८१, बैशाख २३ आइतवार

  • 797
    SHARES

  • एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ : नेता डा कोइराला

    बाँके । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो बनाउन सबै एक ढिक्का हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस बाँके क्षेत्र नं १ द्वारा शनिवार कोहलपुरमा आयोजित दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टी सृदृढीकरणका लागि एकजुट हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

    उपनिर्वाचनको चुनावमा भएको पराजयले काँग्रेसलाई थप बलिएको बनाउन सहयोग गरेको उहाँको भनाइ छ । नेता कोइरालाले आगामी चुनावमा सबै कार्यकर्ताहरु एक हुनुपर्नेमा जोड दिँदै टिकट जसले पाए पनि उसलाई जिताउनु सम्पूर्ण कार्यकर्ताको दायित्व भएको बताउनुभयो ।

    काँग्रेस सहमहामन्त्री किशोरसिंह राठोरले मुलुकको वृहत्तरहितका लागि काँग्रेसको आवश्यकता औँल्याउनुभयो ।

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले काँग्रेसलाई बलियो बनाउन सङ्गठनका गतिविधिलाई चलायमान बनाउनुपर्ने भन्दै भातृ संस्थाहरुको परिचालन हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।

    काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा खराब व्यक्तिलाई पुरष्कृत गर्ने प्रवृत्ति हावी भइरहेको भन्दै त्यसलाई नीतिगत रुपमै निरुत्साहित गरिनुपर्नेमा जोड दिनुभयो ।

    २०८१, बैशाख २३ आइतवार०७:४८:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार