आज देशका यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा

आज देशका यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा

२०८१, बैशाख २४ सोमवार

  • 677
    SHARES

  • आज देशका यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा

    काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा बदलीको अवस्था छ।

    यस्तै, आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    कोशी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मह‍ाशाखाले जनाएको छ।

    तराईलगायत केही पहाडी भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ।

    २०८१, बैशाख २४ सोमवार०७:५४:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार