इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

२०७७, माघ ६ मंगलवार

  • 2.0K
    SHARES

  • इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

    माघ ६, रोम ।

    इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका छन् । 

    इटलीको तल्लो सदनमा सोमबार भएको मतदानबाट उनले विश्वासको मत कायमै राखेका हुन् । 

    मतदानको नतिजा अनुसार तल्लो सदनका कुल सांसदमध्ये ३२१ जनाले प्रधानमन्त्रीको पक्षमा मतदान गरेका थिए भने २५९ जनाको मत विपक्षमा परेको थियो । 

    संसद सचिवालयका अधिकारीहरुका अनुसार मतदानका बेलामा २७ जना अनुपस्थित रहेका थिए ।  

    पूर्व प्रधानमन्त्री म्याट्टिओ रेन्जी नेतृत्वको इटालियन भिभा पार्टीले प्रधानमन्त्री कोन्टेलाई पदमुक्त गर्न अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर उनीहरुको प्रस्ताव असफल भएको छ । 

    सरकारले बहुमत गुमाएकाले सरकार संकटमा रहेको विपक्षीहरुले अघिल्लो हप्ता दावी गरेका थिए । 

    प्रधानमन्त्री कोन्टेले नयाँ गठबन्धन बनाएर विश्वासको मत बचाउन सफल भएका हुन् ।  

    पाँच वर्षे कार्यकाल रहेको संसदका लागि गत सन् २०१८ मा आम निर्वाचन भएको थियो ।  एजेन्सी

    २०७७, माघ ६ मंगलवार०५:३२:१८
    प्रतिक्रिया
    सम्बन्धित समाचार