आजदेखि संसदको बजेट अधिवेशन, कांग्रेस नरम हुने अनुमान 

आजदेखि संसदको बजेट अधिवेशन, कांग्रेस नरम हुने अनुमान 

२०८१, बैशाख २८ शुक्रवार

  • 605
    SHARES

  • आजदेखि संसदको बजेट अधिवेशन, कांग्रेस नरम हुने अनुमान 

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।

    संसद अधिवेशन नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजे बस्दैछ । 

    आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

    अधिवेशनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गरेका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिसकेका छन् ।

    यद्यपि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका रवि लामिछाने केन्द्रित बिरोध गर्दै आईरहेकामा नयाँ ढंगले अगाडी बढ्ने अनुमान गरिएको छ । 

    २०८१, बैशाख २८ शुक्रवार०७:३२:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार