मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक जना पर्वतारोहीको मृत्यु

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक जना पर्वतारोहीको मृत्यु

२०८१, बैशाख २९ शनिवार

  • 845
    SHARES

  • मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक जना पर्वतारोहीको मृत्यु

    किमाथाङ्का । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ।

    आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका–४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए।

    मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु गाउँपालिका–२ र ३ को सिमानामा बेपत्ता भएका शेर्पाको शव शुक्रबार दिउँसो मकालु आधार शिविरमा फेला परेको प्रहरी निरीक्षक जबेगुले बताए।

    घटनास्थलबाट शेर्पाको शव मुचुल्कापश्चात् सोलुखुम्बु लगिएको उनको भनाइ छ। यातायात र सञ्चार सेवा नभएका कारण मकालुक्षेत्र भौगोलिकरुपमा विकट मानिन्छ।

    घटनास्थल सदरमुकाम खाँदबारीदेखि पाँच दिनको पैदल दूरीमा पर्दछ। पर्वतारोही शेर्पाको शव मुचुल्कापछि आजै सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    २०८१, बैशाख २९ शनिवार०३:००:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार