जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

२०८१, जेठ ८ मंगलवार

  • 777
    SHARES

  • जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

    महोत्तरी । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो ।

    महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको हो ।

    नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेर दिएको थियो ।

    सूचनामा रेल्वे सेवा पुनः साविकबमोजिम जेठ ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिइएबमोजिम आज बिहानदेखि सञ्चालन भएको हो ।

    २०८१, जेठ ८ मंगलवार०८:४८:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार