यी तीन प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला आज दिनभरको मौसम ?

यी तीन प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला आज दिनभरको मौसम ?

२०८१, जेठ १२ शनिवार

  • 665
    SHARES

  • यी तीन प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला आज दिनभरको मौसम ?

    काठमाडौँ । हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    आज राति गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भू-भागको एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    २०८१, जेठ १२ शनिवार०७:२६:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार