पेट्रोलियम पदार्थको मूल्य घट्ने क्रम जारी 

पेट्रोलियम पदार्थको मूल्य घट्ने क्रम जारी 

२०८१, जेठ १८ शुक्रवार

  • 801
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्य घट्ने क्रम जारी 

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्नेक्रम जारी रहेको छ । 

    शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

    अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ ।

    सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर जोडेको छ । तर भारतबाट कम मूल्यमा आयात भएका कारण नेपाली बजारमा पनि मूल्य घटेको हो ।

    त्यस्तै, अघिल्लो पटक पनि सबैखाले इन्धनको मूल्य घटेको थियो । 

    २०८१, जेठ १८ शुक्रवार०९:३१:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार