कोशी प्रदेशको नीति तथा कार्यक्रम आज, कांग्रेसले पनि सहभागीता जनाउँदै

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज, कांग्रेसले पनि सहभागीता जनाउँदै

२०८१, जेठ २१ सोमवार

  • 793
    SHARES

  • कोशी प्रदेशको नीति तथा कार्यक्रम आज, कांग्रेसले पनि सहभागीता जनाउँदै

    विराटनगर । कोशी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

    सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको कारण देखाउँदै प्रदेश सभाको बैठक बहिष्कार गरेको कांग्रेस आजदेखि उपस्थित हुने भएको हो । 

    कांग्रेसले २७ वैशाखमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका कारण मुद्दा किनारा नलागेसम्म बैठकमा उपस्थित नहुने बताउँदै आएको थियो ।

    २०८१, जेठ २१ सोमवार०८:४८:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार