प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक लगायत छन् कार्यसूचीमा

प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक लगायत छन् कार्यसूचीमा

२०८१, जेठ २४ बिहिवार

  • 493
    SHARES

  • प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक लगायत छन् कार्यसूचीमा

    काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे बस्दैछ । 

    आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल अनुमोदनका लागि प्रस्ताव गर्नेछन् । 

    संसद् सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन)विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

    यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको ‘राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८’ छलफल र पारितका लागि प्रस्ताव गर्ने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । 

    २०८१, जेठ २४ बिहिवार०९:०२:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार