राष्ट्रसंघीय कमिटी सिडमा नेपालकी बन्दना राणा निर्वाचित

राष्ट्रसंघीय कमिटी सिडमा नेपालकी बन्दना राणा निर्वाचित

२०८१, जेठ २६ शनिवार

  • 797
    SHARES

  • राष्ट्रसंघीय कमिटी सिडमा नेपालकी बन्दना राणा निर्वाचित

    न्यूयोर्क । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन । उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन।

    शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा १४६ मत प्राप्त गर्दै विजयी भइन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नेछिन् ।

    नेपालको तर्फबाट विजयी भएपछि राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिए ।

    २३ सदस्य रहने उक्त समितिले विश्वव्यापी रूपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसङ्घमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ । उक्त समितिको कार्यालय जेनेभामा रहेको छ । -एजेन्सी । 

    २०८१, जेठ २६ शनिवार०८:३७:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार