अस्ट्रेलियासँग हारेपछि डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड विश्वकपबाटै बाहिरिने खतरामा

अस्ट्रेलियासँग हारेपछि डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड विश्वकपबाटै बाहिरिने खतरामा

२०८१, जेठ २७ आइतवार

  • 821
    SHARES

  • अस्ट्रेलियासँग हारेपछि डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड विश्वकपबाटै बाहिरिने खतरामा

    काठमाडौँ । आइसिसी टी-२० विश्वकपमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई  पराजित गरेको छ। केनसिंग्टन ओभल ब्रिजटाउनमा गएराति भएको खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हराएको हो।

    अस्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ६ विकेट गुमाएर १६५ रन मात्रै बनाउन सक्यो। इंग्ल्याण्डका लागि ओपनर तथा कप्तान जोस बट्लरले सर्वाधिक ४२ रन बनाए। उनले २८ बलमा ५ चौका र २ छक्का हाने।

    अर्का ओपनर फिल सल्टले २३ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३७ रन बनाए। मोइन अलीले १५ बलमा ३ छक्का प्रहार गरी २५ रन जोडे। लियौँ लिभिंस्टोनले १५ र विल ज्याक्सले १० रनको योगदान गरे।

    १६ बलमा २ चौका प्रहार गरी २० रन जोडेर ह्यारी ब्रुक नट आउट रहे। बलिङतर्फ प्याट कमिन्स र एडमा जाम्पाले २र२ तथा जोस हेजलहुड र मार्कस स्टोइनिसले १र१ विकेट लिए। पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेट गुमाएर २०१ रन बनाएको थियो।

    त्यस क्रममा ओपनर डेविड वार्नरले सर्वाधिक ३९ रन बनाए। उनले १६ बलमा २ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर ट्राविस हेडले १८ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३४ रन बनाए। ग्लेन म्याक्सवेलले २५ बलमा २ चौका र २ छक्का प्रहार गरी २८ रन जोडे। मार्कस स्टोइनिसले १७ बलमा २ चौका र २ छक्का प्रहार गरी ३० रनको योगदान गरे। ११ रन बनाएर टिम डेभिड आउट हुँदा म्याथ्यु वाडे १७ रन जोड्दै नट आउट रहे।

    बलिङतर्फ क्रिस जोर्डनले २ तथा मोइन अली, जोफ्रा आर्चर, अदिल रसिद र लियौँ लिभिङस्टोनले १र१ विकेट लिए। समूह बी मा रहेको अस्ट्रेलिया दुई खेलमा दुवै खेल जितेर शीर्ष स्थानमा छ। स्कटल्यान्ड दोस्रो, नामिबिया तेस्रो, इंग्ल्याण्ड चौथो र ओमान पुछारमा छ।

    वर्षाका कारण स्कटल्यान्डसँगको खेलमा अंक बाँड्नु परेपछि इंग्ल्यान्ड समूह चरणबाटै बाहिरिने खतरामा छ । 

    २०८१, जेठ २७ आइतवार०९:००:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार