वेस्ट इन्डिज पुगे सन्दीप, दक्षिण अफ्रिकासँगको खेलमा सहभागी हुँदै 

वेस्ट इन्डिज पुगे सन्दीप, दक्षिण अफ्रिकासँगको खेलमा सहभागी हुँदै 

२०८१, जेठ २८ सोमवार

  • 717
    SHARES

  • वेस्ट इन्डिज पुगे सन्दीप, दक्षिण अफ्रिकासँगको खेलमा सहभागी हुँदै 

    काठमाडौं । जारी टी-२० विश्वकपमा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् । 

    उनलाई क्यानले वेष्ट इण्डिजमा हुने खेलमा समावेश गरेसँगै उनी सोमबार वेस्ट इन्डिज पुगेका हुन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका लामिछाने वैकल्पिक बाटोबाट वेस्ट इन्डिज पुगेका हुन् । 

    यससँगै, वेस्ट इन्डिजमा नेपालले खेल्ने दुई म्याचमा उनको सहभागिता निश्चित भएको छ । अमेरिकामा नेपालले खेल्ने दुई म्याच उनले गुमाए पनि वेस्ट इन्डिजमा उनले खेल्न पाउने भएका छन् ।

    फास्ट बलर प्रतिश जिसीलाई रिजर्भमा राखेर सन्दीपलाई नेपालको स्क्वाडमा समावेश गर्न आइसीसीले अनुमति दिएको छ ।

    नेपालले दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा खेल्नेछ । त्यसपछि नेपाल वेस्ट इन्डिजतर्फ लाग्नेछ ।

    वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्ने तालिका छ । 

    नेपालको समूहमा नेदरल्याण्ड, श्रीलंका, दक्षिण अफ्रिका र बङ्गलादेश रहेका छन् ।

    २०८१, जेठ २८ सोमवार०८:०७:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार