काठमाडौं उपत्यकामा मनसुन भित्रन अझै केही दिन लाग्ने, आजको तापक्रम ३४ डिग्रीको अनुमान

काठमाडौं उपत्यकामा मनसुन भित्रन अझै केही दिन लाग्ने, आजको तापक्रम ३४ डिग्रीको अनुमान

२०८१, जेठ ३० बुधवार

  • 733
    SHARES

  • काठमाडौं उपत्यकामा मनसुन भित्रन अझै केही दिन लाग्ने, आजको तापक्रम ३४ डिग्रीको अनुमान

    काठमाडौं । काठमाडौं उपत्यकामा मनसुन भित्रन अझै केही दिन लाग्ने भएको छ। हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ। यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ। यहाँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ।

    सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी इलाकामा मौसम सफा छ। कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको विभागले जनाएको छ।

    आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    विभागले आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक मौसम सफा रहने पूर्वानुमान गरेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    २०८१, जेठ ३० बुधवार०७:४८:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार