काठमाडौं । कोशेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान सम्पन्न गरेको छ ।
शुक्रवार विश्व रक्तदाता दिवसको अवसरमा चावहिल चुच्चेपाटीमा आयोजित कार्यक्रममा १ सय ५ जनाले रक्तदान गर्नुभएको संस्थाका अध्यक्ष रमेश कुमार दाहालले जानकारी गराउनु भयो ।

आज सम्पन्न कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रश शोसाईटी भक्तपुर शाखाले गरेको थियो । यस अवसरमा संस्थाले विगत ६ वर्ष देखि रक्तदान गर्दै आएको जनाएको छ ।
कोशेलीले विगत १५ वर्ष देखि बचत तथा ऋण सेवा सरल, सहज, व्यावसायिक र पारदर्शी तरिकाले संचालन गर्दै आएको बताएको छ ।
