उपत्यकामा आजदेखि मनसुन सक्रिय हुने

उपत्यकामा आजदेखि मनसुन सक्रिय हुने

२०८१, जेठ ३२ शुक्रवार

  • 793
    SHARES

  • उपत्यकामा आजदेखि मनसुन सक्रिय हुने

    काठमाडौँ । काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा आजदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा सुरु भए पनि बाँकी भू-भागमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाको भनाइ छ ।

    महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू-भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले अन्य क्षेत्रमा मनसुन सक्रिय हुन जनाएको छ । 

    कोशी प्रदेशको थोरै स्थान तथा बागमती प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा मेघगर्जनर चट्याङ्गसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    २०८१, जेठ ३२ शुक्रवार१०:४६:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार