नेपाल बंगलादेशसँग २१ रनले पराजित

नेपाल बंगलादेशसँग २१ रनले पराजित

२०८१, आषाढ ३ सोमवार

  • 709
    SHARES

  • नेपाल बंगलादेशसँग २१ रनले पराजित

    काठमाडौं। वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ।

    केवल एक सय ७ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र जोड्यो।

    नेपालका लागि कुशल मल्ल २७, दीपेन्द्रसिंह ऐरी २५ र आसिफ शेखले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

    बंगलादेशका तान्जिम हसन सकिबले ४ ओभरमा मात्र ७ रन दिएर ४ विकेट लिए ।

    यस्तै मुस्तफिजुर रहमानले ४ ओभरमा ७ रन मात्रै दिएर तीन विकेट लिए ।

    शकिब अल हसनले २ विकेट लिए ।

    यस अघि बंगलादेशले १९.२ ओभरमा सकिब अल हसनको १७ उच्च रनमा १ सय ६ रनमा समेटिएको थियो । 

    २०८१, आषाढ ३ सोमवार०८:५३:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार