रातिदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

रातिदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

२०८१, आषाढ ८ शनिवार

  • 665
    SHARES

  • रातिदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

    चितवन । पहिरोका कारण रातिदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ ।

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार  उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो खस्दा गए राति १ः३० बजेदेखि सडक दुई तर्फी अवरुद्ध भएको थियो । 

    पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ः३० बजेदेखि दुई तर्फी सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । 

    वर्षायाम शुरुभए सँगै यो सडक प्रयोगकर्ताहरुले वर्षेनी सास्ती पाउने गरेका छन् ।

    २०८१, आषाढ ८ शनिवार०८:२३:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार