मंसिर १७, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक २ बजेका लागि सरेको छ । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन् ।
मंगलबारको तनाबपुर्ण सचिवालय बैठकमा यस्तो झगडा मात्र गर्न बस्ने बैठकको कुनै औचित्य नहुने भन्दै ओली बाहिरिएका थिए । तत्पश्चात अन्योलपुर्ण रहेको आजको बैठक सहमतिका साथ बस्न लागेको श्रोतले जनायो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठक २ बजे बस्ने जनाएका हुन् ।