बर्दियाका करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

बर्दियाका करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

२०८१, आषाढ ९ आइतवार

  • 2.2K
    SHARES

  • बर्दियाका करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

    काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका युवा गायक करण परियारले जितेका छन् ।

    शनिबार राति एपीवान टेलिभिजनबाट प्रसारित ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् ।

    उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे ।

    दार्जिलिङकै मोहित भुजेल थर्ड रनरअप भए । उनले स्कुटर पुरस्कार प्राप्त गरे ।

    चार महिनादेखि जारी नेपाल आइडल सिजन ५ को विजेता दर्शकको भोटको आधारमा गरिएको हो । नेपाल आइडलका निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा छन् । शोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गरेका थिए ।

    गायन रियालिटी शो नेपाल आइडल लोकप्रिय विधा मध्येमा पर्दछ । 

    २०८१, आषाढ ९ आइतवार०७:५६:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार