भारतीय शेयर बजार पुनः अल टाइम हाइ 

भारतीय शेयर बजार पुनः अल टाइम हाइ 

२०८१, आषाढ १२ बुधवार

  • 693
    SHARES

  • भारतीय शेयर बजार पुनः अल टाइम हाइ 

    भारतीय शेयर बजार पुनः नयाँ उचाइमा पुगेको छ । साताको दोस्रो कारोबार दिन भारतको शेयर बजार अल टाइम हाइ भएको हो ।

    मंगलबार सेन्सेक्स ५०० अंकले बढेर नयाँ रेकर्ड उच्चमा बनाएको हो। योसँगै निफ्टी पनि नयाँ उचाइमा पुगेको छ।

    आजको कारोबार सत्रमा निजी क्षेत्रका बैंकहरूको शेयर बलियो देखियो । सेन्सेक्स ७७,८८८.७२ विन्दुमा पुगेर नयाँ उच्च विन्दुमा पुगेको छ। अर्कोतर्फ, निफ्टी २३,६६९.४० विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको छ।

    सेन्सेक्सका ३० शेयरमध्ये १५ शेयरमा बढोत्तरी देखिएको छ भने १५ मा गिरावट देखिएको छ । एक्सिस बैंक, आईसीआईसीआई बैंक, र टेक महिंद्रा टप गेनर रहे भने टप लूजरमा पावग्रिड, टाटा स्‍टील और नेस्‍ले इंडिया प(यो । 

    मंगलबार निफ्टी सेयरहरू मध्ये, अल्ट्राटेक सिमेन्ट, एचडीएफसी बैंक, डिभिज ल्याब, कोल इन्डिया र एसबीआई टप गेनर बने। अर्कोतर्फ, एचसीएल टेक, एशियन पेन्ट्स र टाइटनको शेयरमा गिरावट देखियो ।

    विश्लेषकहरूका अनुसार बलियो विश्व शेयर बजार, बलियो घरेलु आर्थिक तथ्याङ्क र सरकारी नीतिका पहलहरूले लगानीकर्ताको मनोबल बढावा दिँदा भारतीय शेयर बजारमा वृद्धि देखिएको हो।

    -एजेन्सीको सहयोगमा ।

    २०८१, आषाढ १२ बुधवार०७:५७:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार