आजदेखि नेपालमा मनसुन थप सक्रिय, अधिकांश स्थानमा वर्षाको सम्भावना

आजदेखि नेपालमा मनसुन थप सक्रिय, अधिकांश स्थानमा वर्षाको सम्भावना

२०८१, आषाढ १४ शुक्रवार

  • 829
    SHARES

  • आजदेखि नेपालमा मनसुन थप सक्रिय, अधिकांश स्थानमा वर्षाको सम्भावना

    काठमाडौं । आजदेखि आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएकोले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

    मनसुनी वायूको प्रभावले आजदेखि आइतबार (असार १६ गते) सम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसका साथै गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका एक‍–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बताएको छ।

    त्यसैले आजदेखि आइतबारसम्म मेघगर्जनरचट्याङ्ग, भारी वर्षा, भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक पूर्व तयारी गर्न तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    २०८१, आषाढ १४ शुक्रवार०३:५१:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार