काठमाडौं । सत्ताधारी पार्टी नेकपा एमाले र प्रतिपक्षी नेपाली कांग्रेस बीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार मराति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको नेताहरुले बताएका छन् ।
दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ ।
दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको स्रोतले जानकारी दिएको छ ।
यसअघि देखि नै एमाले र कांग्रेस बिचको सत्ता बनाउन कसरत हुँदै आएपनि सार्थकता पाउन समय लागेको हो ।