एमालेसँगको सहमति अनुमोदन गर्न काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

एमालेसँगको सहमति अनुमोदन गर्न काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

२०८१, आषाढ १९ बुधवार

  • 1.1K
    SHARES

  • एमालेसँगको सहमति अनुमोदन गर्न काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले अबलम्बन गर्ने रणनीति तय गर्न नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।

    पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान ९ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको विकासक्रमबारे छलफल हुने काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    संसद्मा दुई ठूला दल काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सत्ता समीकरणका लागि सोमबार नयाँ सहमति गरेका थिए । बैठकमा उक्त विषयका बारेमा समेत छलफल हुने र अनुमोदन हुने बताइएको छ ।

    काँग्रेस र एमालेबीच संविधान संशोधनलगायतका विभिन्न ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको जनाइएको छ ।

    २०८१, आषाढ १९ बुधवार०८:४४:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार