समसामयिक विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

समसामयिक विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

२०८१, आषाढ २६ बुधवार

  • 785
    SHARES

  • समसामयिक विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । 

    आजको बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्य विभाजनलगायत विषयमा छलफल हुने बताइएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन लागेको विश्वासको मत र त्यसपछिको नयाँ सरकार गठन प्रक्रियाबारे पनि बैठकमा छलफल हुनेछ । साथै केन्द्रीय नेताहरूलाई नयाँ जिम्मेवारी दिने विषयमा पनि आजको बैठकले ठोस निर्णय दिने तयारी छ । 

    यसअघि हिजो बस्ने भनिएको सचिवालय बैठक एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो । 

    २०८१, आषाढ २६ बुधवार०८:४८:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार