मेसीप्रेरित अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

मेसीप्रेरित अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

२०८१, आषाढ २६ बुधवार

  • 757
    SHARES

  • मेसीप्रेरित अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

    काठमाडौँ । साविक विजेता तथा विश्व विजेता अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करणको पहिलो सेमिफाइनल खेलमा क्यानडाविरुद्ध २–० को जित निकाल्दै अर्जेन्टिना उपाधि निकट पुगेको हो ।

    अमेरिकाको न्यु जर्सीमा स्थानीय समयअनुसार मङ्गलबार बेलुका भएको खेलमा अर्जेन्टिनाको लागि पहिलो गोल २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए ।

    दोस्रो सेमिफाइनलमा भोलि उरुग्वे र कोलम्बियाबिच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेतासँग अर्जेन्टिनाले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।

    कोपा–अमेरिका फुटबलको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल राष्ट्र हो । कोपा–अमेरिकामा अर्जेन्टिनाको यो ४४औँ सहभागिता हो । अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक कोपा–अमेरिकाको उपाधि चुमिसकेको छ भने १४ पटक उपविजेता बनेको छ । -एजेन्सी ।

    २०८१, आषाढ २६ बुधवार०९:०४:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार