एमालेका ११ जिल्ला अधिवेशन कात्तिक महिनाभित्र गर्न निर्देशन

एमालेका ११ जिल्ला अधिवेशन कात्तिक महिनाभित्र गर्न निर्देशन

२०८१, आषाढ २७ बिहिवार

  • 1.1K
    SHARES

  • एमालेका ११ जिल्ला अधिवेशन कात्तिक महिनाभित्र गर्न निर्देशन

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० सचिवालय बैठकले मातहतका ११ जिल्लालाई आगामी कात्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिएको छ ।

    बुधवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले कात्तिक मसान्तभित्र ११ जिल्लामा अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

    एमालेले गत जेठ मसान्तभित्र अधिवेशन गर्न ८१ वटै जिल्ला कमिटीलाई निर्देशन दिएकामा ७० जिल्लामा मात्र अधिवेशन सम्पन्न भएको छ । इलाम, मोरङ, तेह्रथुम, सप्तरी, सिराहा, धनुषा, मनाङ, डोल्पा, डोटी, अछाम र बझाङमा अधिवेशन हुन बाँकी छन् । एमाले उपत्यका विशेष कमिटीमा ४ वटा विशेष जिल्ला कमिटी रहेका छन् । 

    यस्तै सचिवालय बैठकले सबै जिल्लाहरूलाई साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरी भदौ महिनामा केन्द्रीय कार्यालयमा पठाउनसमेत निर्देशन दिएको छ ।

    २०८१, आषाढ २७ बिहिवार०९:२४:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार