आज देशैभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशैभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८१, आषाढ २८ शुक्रवार

  • 665
    SHARES

  • आज देशैभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ । हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोशी, मधेश, वाग्मती,र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै, कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

    कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    २०८१, आषाढ २८ शुक्रवार०९:१०:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार