एमाले अध्यक्ष ओली चौथोपटक प्रधानमन्त्री नियुक्त हुँदै

एमाले अध्यक्ष ओली चौथोपटक प्रधानमन्त्री नियुक्त हुँदै

२०८१, आषाढ ३० आइतवार

  • 785
    SHARES

  • एमाले अध्यक्ष ओली चौथोपटक प्रधानमन्त्री नियुक्त हुँदै

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आज गर्नुहुने भएको छ ।

    उहाँले नयाँ सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउनुहुने प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गर्नुभएको थियो ।

    सो आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आज साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नुहुनेछ । त्यस्तै आज समय ढिला हुने भएकाले (भोलि) सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण हुने बताइएको छ ।

    २०८१, आषाढ ३० आइतवार०८:०७:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार