नागरिक लगानी कोषले १४ प्रतिशत बोनस दिने 

नागरिक लगानी कोषले १४ प्रतिशत बोनस दिने 

२०८१, श्रावण १ मंगलवार

  • 677
    SHARES

  • नागरिक लगानी कोषले १४ प्रतिशत बोनस दिने 

    काठमाडौं । नागरिक लगानी कोषले १४ प्रतिशत बोनस दिने भएको छ । 

    कोषको काठमाडौंमा सम्पन्न २९ औं वार्षिक साधारणसभाले आर्थिक बर्ष २०७९-८० को आम्दानी बाँडफाँड हिसाव विवरण अनुसार १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ । सभा सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।  

    त्यसैगरी आ.व २०७९-८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । 

    कोषमा सेयरधनीहरुको सेयर संख्या विगत दुई वर्षमा ५५ प्रतिशतले बढेको कारण १४ प्रतिशत बोनस दिइएको बताइएको छ ।

    कोषको एकिकृत सूचना प्रणाली हालै मात्र सञ्चालनमा आएकोले रिकन्सिलेसन सम्बन्धमा केही समस्या देखिएको र आगामी वर्षदेखि रिकन्सिलेसन समस्या समाधान हुँदै जाने बताएको छ ।

    साधारण सभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०-८१ को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ४८ अर्ब १ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्व ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको छ । 

    २०८१, श्रावण १ मंगलवार०९:०४:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार