प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिँदै 

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिँदै 

२०८१, श्रावण ३ बिहिवार

  • 833
    SHARES

  • प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिँदै 

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिनेहुनु भएको छ ।
     
    प्रधानमन्त्री ओलीले सङ्घीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिनुहुने तय भएको एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिनुभयो । 
     
    नेपालको संविधानको धारा ७६ (२) अनुसार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । 
     
    प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता ओली चौँथो पटक प्रधानमन्त्री हुनुभएको हो । 
     
    संविधानको धारा ७६ (२) बमोजिम उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । 

    प्रधानमन्त्री ओली चौथो पटक सरकारको महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभएको हो । 

    २०८१, श्रावण ३ बिहिवार०८:५१:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार