प्रधानमन्त्री ओलीले पाए दुई तिहाइ विश्वासको मत

प्रधानमन्त्री ओलीले पाए दुई तिहाइ विश्वासको मत

२०८१, श्रावण ७ सोमवार

  • 765
    SHARES

  • प्रधानमन्त्री ओलीले पाए दुई तिहाइ विश्वासको मत

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमतको विश्वास पाएका छन् । 

    प्रधानमन्त्री ओलीद्वारा नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम आइतवार राखेको प्रस्तावलाई बहुमतले पारित गरेको हो । बैठकमा भएको मतदानको परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव स्वीकृत भएको जानकारी गराए । 

    मतदानमा कुल दुई सय ६३ सदस्यले भाग लिएकामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) लगायतका राजनीतिक दल सम्वद्ध सांसदको गरी कूल एक सय ८८ मत परेको थियो भने विपक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीलगायतका दलका गरी ७४ मत परेको छ । प्रधानमन्त्रीले प्राप्त गरेको उक्त मत संसदमा रहेका कूल सदस्यको दुई तिहाइ हो ।

    मतदानमा एक सदस्य तटस्थ रहे । गत असार २८ गते एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । गत असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो ।

    प्रतिनिधिसभाको अर्को बैठक आज साउन ७ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।

    २०८१, श्रावण ७ सोमवार०८:२८:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार