सरकार भेटेन रामहिटी तिनचुली क्षेत्रले, सडक बने भैंसी डुव्ने आहाल

सरकार भेटेन रामहिटी तिनचुली क्षेत्रले, सडक बने भैंसी डुव्ने आहाल

२०८१, श्रावण ७ सोमवार

  • 649
    SHARES

  • सरकार भेटेन रामहिटी तिनचुली क्षेत्रले, सडक बने भैंसी डुव्ने आहाल

    भैसी आहल बस्न मिल्ने खाल्डा खुल्डी रामहिटी तीनचुली सडकको पहिचान जस्तै भैसक्यो। हिंउदमा धुलो वर्खामा हिलो विशेषता नै बनेको छ। रामहिटी तीनचुली सडक खण्ड जीर्ण बन्दै गएको छ । समयमा नै मर्मत हुन नसक्दा उक्त सडक जीर्ण बन्दै गएको हो । 
    रामहिटी तीनचुली चोक क्षेत्रका सडक सबै खाल्डा खुल्डीमा परिणत भएका छन् ।

    यहांको सडक ठुला ठुला खाल्डा भई कालोपत्रे उप्किंदै गएको देख्न सकिन्छ भने दुर्घटनाको जोखिम समेत उत्तीकै बढाएको छ । तर मर्मतका लागी कुनै सरोकारवाला निकायको ध्यान जान नसकेपछि स्थानियको आग्रह पश्चात श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको पहलमा उक्त सडक खण्डको रामहिटी क्षेत्रको सडकमा परेको खाल्डा खुल्डी पुरिएको छ ।

    1111.jfif

    श्री बौद्धनाथ क्षेत्र विकास समितिमा धेरै जनगुनासो आए सगै आज समितिका अध्यक्ष राजकुमार लामाको पहलमा उक्त सडक खण्डको रामहिटी क्षेत्रको सडकमा परेको खाल्डा खुल्डी पुरिएको हो।

    यो स्थायी समाधान नभए पनी तत्कालको लागी सडक अवगमनमा सहजता र दुर्घटना न्युनिकरणमा सहयोगपुगोस भन्ने हेतुले क्षेत्रको सडकमा परेको खाल्डा खुल्डी पुरिएको हो ।

    उक्त सडक चावहिल, चुच्चेपाटी हुदै नेपाल मेडिकल कलेज अत्तरखेल र राष्ट्रिय शहिद पार्क जगडोल निस्कने बाटो हो । सो सडकमा बढी मात्रामा बस र टेम्पो चल्ने गर्छन् ।

    13.jfif

    २०८१, श्रावण ७ सोमवार०९:००:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार