क्रोएसियाको नर्सिङ होममा गोली चल्दा पाँचको मृत्यु, कैयौँ घाइते

क्रोएसियाको नर्सिङ होममा गोली चल्दा पाँचको मृत्यु, कैयौँ घाइते

२०८१, श्रावण ८ मंगलवार

  • 721
    SHARES

  • क्रोएसियाको नर्सिङ होममा गोली चल्दा पाँचको मृत्यु, कैयौँ घाइते

    दारुवर (क्रोएसिया) । क्रोएसियाको एक नर्सिङ होममा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

    अज्ञात बन्दुकधारीले जाग्रेबबाट करिब एक सय ३० किलोमिटर (८० माइल) पूर्वमा रहेको दारुवरमा रहेको एउटा नर्सिङ होममा प्रवेश गरी गोली चलाउन थालेको राज्य प्रसारक एचआरटीले जनाएको छ ।

    उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको र कैयौँ घाइते भएको एचआरटीले जनाएको छ ।

    प्रहरीले स्थानीय समयानुसार बिहान १०ः१० बजे घटनाको जानकारी पाएको र संदिग्धले नर्सिङ होममा प्रवेश गरी बन्दुक प्रयोग गरेको पुष्टि गरेको छ । अपराधमा संलग्न व्यक्ति प्रहरी हिरासतमा रहेको प्रहरीले एक विज्ञप्तिमा जनाएको छ ।

    प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले घटनाको विस्तृत अनुसन्धान गर्न सम्बन्धित अधिकारीहरूलाई आह्वान गर्नुभयो ।

    यस क्षेत्रको क्षेत्रीय आपत्कालीन हेरचाह सुविधाका प्रमुख नेनाद मर्जलेकीले भन्नुभयो, “मेडिकल टोलीले घटनास्थलमा चार जनाको मृत्यु भएको फेला पार्यो र अन्य चार जना घाइते भएका थिए, उनीहलाई तत्काल स्थानीय अस्पतालमा लगियो ।”

    क्रोएसियाली अखबार जुटार्नजी लिस्टले कथित गोली हान्ने व्यक्तिलाई सेवानिवृत्त सैन्य प्रहरी अधिकारी भनेर वर्णन गरेको छ

    गत वर्ष छिमेकी मुलुक सर्बियामा एकपछि अर्को गोलीबारी हुँदा राजधानी बेलग्रेडको एक विद्यालयमा भएको नरसंहारमा १० जनाको ज्यान गएको थियो । -एजेन्सी । 

    २०८१, श्रावण ८ मंगलवार१०:०८:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार