प्रधानमन्त्रीको निर्देशन पश्चात प्राधिकरणले काटेको ६ उद्योगमा जोडियो विद्युत् लाइन 

प्रधानमन्त्रीको निर्देशन पश्चात प्राधिकरणले काटेको ६ उद्योगमा जोडियो विद्युत् लाइन 

२०८१, श्रावण ९ बुधवार

  • 677
    SHARES

  • प्रधानमन्त्रीको निर्देशन पश्चात प्राधिकरणले काटेको ६ उद्योगमा जोडियो विद्युत् लाइन 

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशन पश्चात नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको विद्युत् लाइन जडान गरेको छ ।

    प्राधिकरणको सञ्चालक समितिको बैठकले विभिन्न छ उद्योगमा बिजुलीको लाइन जडान गर्ने निर्णय गरेसँगै मंगलवार साँझ ८ बजेदेखि विद्युत् जडान भएको हो ।

    प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री खड्काको अध्यक्षताको बैठकले उद्योगमा काटिएका लाइन पुनः जडान गर्ने निर्णय गरेसँगै प्राधिकरणले रातिदेखि उक्त उद्योगमा विद्युत् जडान गरेको हो । यद्यपि प्रबन्ध निर्देशक कुलमान घिसिंगले हिसाब बाँधीसकेको बक्यौताका कारण समस्या हुने बताउँदै आएका थिए । 

    प्राधिकरणले तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनः बक्यौता असुल गर्न कारबाही अगाडि बढाउने गरी सञ्चालक समितिको बैठकको निर्णय र विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरूको विद्युत् लाइन जोड्ने निर्णय गरेको हो । 

    उद्योगहरूले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टील, जगदम्बा सेन्थेटिक र हुलास स्टीलको लाइन काटेको थियो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उद्योगीको लाइन जोडेर बाँकी समस्या वार्ता र छलफलद्वारा समाधान गर्न निर्देशन दिएका थिए ।

    २०८१, श्रावण ९ बुधवार०८:४४:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार