काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।
आजको बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ ।
सरकारका काम कारवाहीमा रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्न अपनाउनुपर्ने रणनीतिका सम्बन्धमा छलफल हुने स्रोतले बतायो । पछिल्लो समय नेकपा माओवादी केन्द्रको पिछलग्गु बनेको भन्दै आलोचना हुँदै आएको छ ।
त्यस्तै, पार्टीबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको विवादित पत्र लगायतका विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।
रानामगरले ४ पुरुष र एक महिलालाई भिसाका लागि अन्तर्वार्ताको डेट मिलाइदिन आग्रह गर्दै अमेरिकी दूतावासमा पत्र पठाएकी थिइन् । यद्यपि रानामगरले अन्जान मानिसलाई सिफारिस गरिएकामा आलोचना हुँदै आएको छ । र, गम्भिर विवादमा फँसेकी छन् ।