आज मौद्रिक नीति सार्वजनिक हुँदै

आज मौद्रिक नीति सार्वजनिक हुँदै

२०८१, श्रावण ११ शुक्रवार

  • 677
    SHARES

  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति आज सार्वजनिक गर्न लागिएको हो । 

    अघिल्लो शुक्रबार नै आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्न लागे पनि सरकार परिवर्तनका कारण एक हप्ता ढिलो भएको हो ।

    गत साता नै नेपाल राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक बसेर मौद्रिक नीतिको छलफल गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाकार डा।युवराज खतिवडा बनेपछि प्रधानमन्त्री र खतिवडाले गभर्नरसँग मौद्रिक नीतिको ब्रिफिङ लिएका थिए । 

    मौद्रिक नीतिका बारेमा अर्थविद् एवम् सरोकारवालाहरूले फरक फरक धारणा राख्दै आएका छन् । गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरिसकेका छन् भने भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् ।

    बजेटले समेट्न नसकेको क्षेत्रमा मौद्रिक नीतिमार्फत सम्बोधन गर्न निजी क्षेत्रले माग गरिरहेका छन् । नयाँ बजेट आउँदा निजी क्षेत्रले आफूहरूले अपेक्षा गरेअनुसारको बजेट नआएको बताएका थिए । 

    यद्यपि अन्तरराष्ट्रिय मुद्राकोषले लचिलो मौद्रिक नीति सरकारलाई गलपासो हुनसक्ने चेतावनी दिँदै आएको छ । 

    २०८१, श्रावण ११ शुक्रवार०८:३६:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार