भक्तपुर । श्रावण १५ गतेको सन्दर्भ पारेर भट्टराई कुल वंश प्रतिष्ठान बागमति प्रदेश समितिले खिर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलवार राधेराधे स्थित वागमती प्रदेशको कार्यालयमा १ सय ५० भन्दा बढी सहभागिहरुको उपस्थितिमा सामुहिक रुपमा खिर खाने कार्यसम्पन्न सम्पन्न गरेको हो ।

सुर्यविनायक नगर उपप्रमुख सरिता भट्टराईको प्रमुख आथित्यतामा संचालन भएको कार्यक्रममा युवा खेलकुद मन्त्रालयका उप सचिव बिष्णु प्रसाद भट्टराई, राष्ट्रिय वाणिज्य बैक थिमी शाखा प्रमुख खिलराज भट्टराई,युवा व्यवशायी राधेश्याम भट्टराई,सिन्धुपाल्चोक उद्योग वाणिज्य सघ जिल्ला सदस्य सुशान्त भट्टराईलाई सम्मान समेत गरिएको थियो ।
त्यस्तै, प्रतिष्ठान चितवन जिल्ला अध्यक्ष लीलाधर भट्टराई, केन्दिय सदस्य प्रा डा भरत प्रसाद भट्टराई, ८४ वर्षिय सुनपा वडा न १० का जन प्रतिनिधि घनश्याम भट्टराई, विष्णु प्रसाद तथा उद्धव भट्टराईले खिर खाने दिनको महत्व सहित गजल कविता वाचन गरेका थिए ।

वागमती प्रदेश अध्यक्ष नारायण प्रसाद भटराईको अध्यक्षतामा संचालन भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष राजेश कुमार भट्टराई, महासचिव जीवराज भट्टराई,सदस्य वावुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम उपाध्यक्ष तथा सचिवालय प्रमूख सुरज भट्टराईले संचालन गरेका थिए ।