काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे होटल बसेरामा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
मंगलवार राती परेको पानीले एमाले पार्टी कार्यालय डुबानमा परेका कारण होटलमा बैठक गर्नु परेको एमाले स्रोतले जनायो ।
उनका अनुसार आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । साथै, बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।