अबको २४ घण्टा देशैभर मुसलधारे वर्षाको सम्भावना

अबको २४ घण्टा देशैभर मुसलधारे वर्षाको सम्भावना

२०८१, श्रावण २२ मंगलवार

  • 733
    SHARES

  • अबको २४ घण्टा देशैभर मुसलधारे वर्षाको सम्भावना

    काठमाडौं । आगामी २४ घण्टामा देशका केही ठाउँमा मुसलधारे वर्षा हुने पूर्वानुमान गरिएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

    विभागका अनुसार प्रायस् सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुनेछ भने धेरै ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई स्थानमा अति भारी वर्षा हुनेछ । सबै प्रदेशका केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना छ ।

    विभागले विशेष बुलेटिन जारी गर्दै मनसुन न्यून चापीय रेखा नेपालको नजिक आएकोले बुधबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । यो समय अति जोखिम हुने भएकोले प्रतिकार्यका लागि समेत तयार हुन भनेको छ ।

    विभागका अनुसार केही दिन अत्यधिक वर्षा निरन्तर हुनेछ । केही ठाउँमा धेरै भारीदेखि अति भारी वर्षा हुने भएकोले ती क्षेत्रमा बाढीपहिरोको जोखम हुने भएकोले सतर्क रहन अपिल गरेको छ ।

    २०८१, श्रावण २२ मंगलवार०९:२८:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार