नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि

२०८१, श्रावण २५ शुक्रवार

  • 817
    SHARES

  • नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आजदेखि बस्दैछ । समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपराह्न ४:०० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त बैठक बस्न लागेको हो । 

    बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले राससलाई जानकारी दिए । बैठकमा जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने उनले बताए ।  

    त्यसअघि आजै बिहान ११:०० बजे माओवादी केन्द्रको कार्यालय बैठक बस्नेछ । उक्त बैठकले स्थायी समितिका बैठकका ‘एजेण्डा’ तय गर्ने सो पार्टीले जनाएको छ ।

    २०८१, श्रावण २५ शुक्रवार०९:४५:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार