पेरिस ओलम्पिक आज समापन हुँदै, पदकमा प्रथम स्थानमा चीन या अमेरिका ?

पेरिस ओलम्पिक आज समापन हुँदै, पदकमा प्रथम स्थानमा चीन या अमेरिका ?

२०८१, श्रावण २७ आइतवार

  • 685
    SHARES

  • पेरिस ओलम्पिक आज समापन हुँदै, पदकमा प्रथम स्थानमा चीन या अमेरिका ?

    काठमाडौं । उद्घाटन भएको १६ दिन र समग्रमा लगभग तीन साता लामो खेलकुद पेरिस ओलम्पिक २०२४ आज समापन हुँदैछ।​

    स्टेड डे फ्रान्समा आयोजित हुने ३३औं संस्करणको ओलम्पिकको समापन समारोह नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ। 

    सेन नदीमा आयोजित उद्घाटन समारोहको विपरित, ओलम्पिक समापन समारोह ८० हजार दर्शक माझ स्टेड डे फ्रान्समा भित्र हुनेछ। समापन समारोहमा खेलाडीहरूको उपलब्धि र आयोजक शहर पेरिसको सफलतालाई सेलिब्रेट गरिने छ।

    समारोहमा ओलम्पिक ज्वाला औपचारिक रुपमा निभाइने छ भने लस एन्जलस ओलम्पिक २०२८ आयोजक समितिलाई ओलम्पिक झण्डा हस्तान्तरण गरिनेछ।

    प्रतियोगिताको अन्तिम दिन चलिरहँदा आजसम्म चीन तालिकाको अगाडि रहेको छ। चीनले हालसम्म ३९ स्वर्ण २७ रजत र २४ कास्यसहित ९० पदक जितेको छ।  

    अमेरिकाले हालसम्म ३८ स्वर्ण, ४२ रजत र ४२ कास्यसहित कुल १ सय २२ पदक जितेको छ। तेस्रो स्थानमा यथावत अस्ट्रेलियाले १८ स्वर्ण १८ रजत र १८ कास्य सहित कुल ५० पदक जितेको छ। 

    पदक तालिकाको चौंथो स्थानमा उक्लिएको जापानले अहिलेसम्म १८ स्वर्ण, १३ रजत र १३ कास्य सहित कुल ४३ पदक जितेको छ।  १६ स्वर्ण २४ रजत र २२ कास्य जितेको  फ्रान्स पाँचौं स्थानमा छ।

    आयोजक फ्रान्सले १४ स्वर्णसहित कुल ६२  पटक हात पारेको छ। दक्षिण कोरिया, नेदरल्यान्ड्स र जर्मनी क्रमशः सातौ आठौं, र नवौं स्थानमा छन्।

    इटाली एक स्थान तल झर्दै १०औं स्थानमा पुगेको छ। पेरिस ओलम्पिक २०२४ मा आजसम्म सहभागी २ सय ६ मध्ये ९१ देशले कम्तिमा एक पदक जितेका छन्।

    दक्षिण एशियाली राष्ट्र पाकिस्तानले व्यक्तिगत प्रतिस्पर्धामा एउटा स्वर्ण जितेको छ । 

    ओलम्पिक अन्तर्गत आज थप  १३ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ। -एजेन्सी । 

    २०८१, श्रावण २७ आइतवार०८:०९:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार