अमेरिका र चीनले जिते समान ४० स्वर्ण, भव्य समारोहका बिच सकियो पेरिस ओलम्पिक

अमेरिका र चीनले जिते समान ४० स्वर्ण, भव्य समारोहका बिच सकियो पेरिस ओलम्पिक

२०८१, श्रावण २८ सोमवार

  • 749
    SHARES

  • अमेरिका र चीनले जिते समान ४० स्वर्ण, भव्य समारोहका बिच सकियो पेरिस ओलम्पिक

    एजेन्सी । ३३ औं ओलम्पिक खेलकुद प्रतियोगिता एक भव्य समारोहका बिच समापन गरिएको छ। खेल, स्कृन र संगितका हस्तिहरुले आफ्नो उत्कृष्ट प्रदर्शन र कला सहित पेरिस ओलम्पिक २०२४ को अन्त गरे।

    अभिनेता टोम क्रुसले आकर्षक तरिकाले अमेरिकाको लसएन्जलसमा हुने २०२८ को ओलम्पिकको झण्झा हातमा लिएसँगै अब अर्को ओलम्पिकको आयोजक अमेरिका बनेको छ। अभिनेता टोम क्रुसले समापन समारोह भएको स्टेड डी फ्रान्सको छतबाट आएर ओलम्पिक झण्डा लिएका थिए।

    त्यसपछि रेड हट चिली पेपर्स, बिली एलिस, स्नुप डोगन र डा ड्रे ले भनिस बिचमा आफ्नो प्रदर्शनदिएका थिए। आइओसी अध्यक्ष थोमस बाकले ‘सनसनिपूर्ण’ ओलम्पिकको समापन भएको बताए।

    यो ओलम्पिकमा अमेरिका र चीनले समान ४० स्वर्ण पदक जिते। यद्यपि अमेरिका ४४ रजत र ४२ ब्रन्जका साथ १ सय २६ पदक जितेर शीर्ष स्थानमा रह्यो। त्यस्तै चीन ४० स्वर्ण सहित २७ रजत र २४ काश्य सहित ९१ पदकका साथ दोस्रो स्थानमा रहँदा २० स्वर्ण जितेको जापान ४५ पदकका साथ तेस्रो स्थानमा रहन सफल भयो।

    नेपाल सहित दक्षिण एसियाली मुलुकको प्रदर्शन भने पुनः एकपटक विर्सन लायक रह्यो। दक्षिण एसियामा पाकिस्तान १ स्वर्ण सहित शीर्ष स्थानमा रह्यो।

    पाकिस्तानले जितेको एकमात्र स्वर्ण समग्र दक्षिण एसियाकै लागि एक्लो स्वर्णका रुपमा रह्यो। भारतले १ रजत र ५ कास्य सहित ६ पदक जित्दा अन्य टोली भने पदक विहीन रहे।

    समग्रमा कुल १ सय १४ देश पदकविहीन भएर घर फर्किए। ओलम्पिक २८ अगस्ट देखी ८ सेप्टेम्बर सम्म पेरिसमा भएको थियो।

    २०८१, श्रावण २८ सोमवार०८:५०:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार