प्रतिनिधि सभा बैठक बस्दै, बेपत्ता पारिएका व्यक्तिको छानबिन विधेयक प्रस्तुत हुने

प्रतिनिधि सभा बैठक बस्दै, बेपत्ता पारिएका व्यक्तिको छानबिन विधेयक प्रस्तुत हुने

२०८१, श्रावण ३० बुधवार

  • 701
    SHARES

  • प्रतिनिधि सभा बैठक बस्दै, बेपत्ता पारिएका व्यक्तिको छानबिन विधेयक प्रस्तुत हुने

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन बानेश्वरमा बस्नेछ । 

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । 

    यस्तै बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

    २०८१, श्रावण ३० बुधवार०८:४२:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार