पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

२०८१, श्रावण ३१ बिहिवार

  • 813
    SHARES

  • पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

    काठमाडौं । सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ ।

    बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।

    घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ ।

    काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको निगमले एक सूचना मार्फत जानकारी दिएको छ ।

    २०८१, श्रावण ३१ बिहिवार०९:५२:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार